नरैनापुर । शुभ दिपावली तथा छठ पर्वको अवसरमा नरैनापुर गा.पा.वडा नं-५ मटेहिया बाँकेको आर्थिक सहयोग तथा दर्पण समाज विकास नेपाल नरैनापुरको आयोजनामा “शुभकामना आदान प्रदान तथा खुल्ला पुरूष कबड्डी प्रतियोगिता” सम्पन्न भएको छ ।
प्रतियोगितामा श्री बजरंग युवा क्लब नरैनापुर-५ मटेहिया, श्री जमुनी सुपर किंग्स नरैनापुर-६ जमुनी, श्री प्रगति युवा क्लब नरैनापुर-५, श्री आदर्श स्पोर्ट्स क्लब नरैनापुर-२ लक्षणपुर, श्री सन्तानेश्वर युवा क्लब नरैनापुर-६ कोहला र श्री सागरमाथा युवा क्लब नरैनापुर-५ नयाँबस्ती गरी ६ वटा टिम प्रतिस्पर्धामा भाग लिएका थिए ।
खेल संचालन गर्न बाँकेका सुजन कुमार चौधरी मुख्य रेफ्री (प्राविधिक) मुकिम खाँ रेफ्रीको भुमिका निर्वाह गर्नुभएको थियो । नरैनापुर वडा नं-५ मटेहियाका वडा अध्यक्ष कृष्ण चन्द्र मौर्यले कबड्डी खेल परम्परादेखि खेल्दै आएको याे खेल आजको युगमा गाउँघरमा लोप हुँदै गएकोले स्थानीय बुज्रुकहरुलाई कबड्डी खेलाउन सुझाउनुभयाे ।
अध्यक्ष माैर्यले आपसी सद्भाव बढाउन तथा शारीरिक र मानशिक विकासमा खेलले महत्त्वपूर्ण हुने भएकोले युवाहरूको लागि खेलहरु आयोजना गरिरहने प्रतिबद्धतासमेत जनाउनुभयाे ।
कार्यक्रम दर्पण समाज विकास नेपाल नरैनापुर बाँकेको अध्यक्ष अमित चौधरीको अध्यक्षता तथा नरैनापुर वडा नं.-५ का अध्यक्ष मौर्य (युराज) को प्रमुख आतिथ्यतामा भएको थियो । कबड्डी हेर्न स्थानीयहरु घुइचो लागेको थियो ।
प्रतिस्पर्धाका लागि दर्ता भएको ६ वटा टीमका ५४ खेलाडी सहभागी थिए भने खेल २०८१ कार्तिक १४ गते ४ ओटा खेल खेलाइएको थियो । जसमा श्री बजरंग युवा क्लब नरैनापुर-५ मटेहिया र श्री जमुनी सुपर किंग्स नरैनापुर-६ जमुनीबीच फाइनल प्रतिस्पर्धा कार्तिक १५ गते भएको थियो भने १३ अंकको अन्तरले श्री बजरंग उपाधी हात पार्दै ११ हजार जित्न सफल भएकाे थियो ।
द्वितीय श्री जमुनीले ५ हजार, तृतीय प्रगति युवा क्ल्ब मटेहिया र आदर्श स्पोर्ट्स क्लब नरैनापुर-२ लक्षमणपुरले ३/३ पुरस्कार हात पार्न सफल भएका थिए । प्रतियोगिताका संयोजक अरुण यादव, वडा अध्यक्ष, वडा सदस्यले विजेताहरुकाे उज्वल भबिष्यकाे कामना गर्नुभयो ।