समिर शाही, बाँके । यही कार्तिक १५ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले चौतर्फी प्रशंसा पाएको छ ।
दर्शकको प्रतिक्रिया सुन्दा अपेक्षा गरेभन्दा बढी रुचाएको देखिन्छ । दशर्कले चलचित्रको तारिफ गर्दै फिल्मबाट अपेक्षा गरे भन्दा माथि रहेको भन्दै आ-आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को खुलेर प्रशंसा गर्दै चलचित्रको डाइलग मन पर्यो भन्दै भावुक हुँदै आँसु पुछेको समेत सामाजिक संजालमा देख्न सकिन्छ।
कतै, टिकटकमा भने ´पूर्ण बहादुरको सारङ्गी`को गीतबाट मनोरञ्जन पनि लिएको देखिन्छ । फिल्मकाे सार्वजानिक टिजर, गीत र ट्रेलर हेर्दा कहिले हेरौं हेरौं लागेको थियो, आज हेरेपछि मन हलुका भएको फिल्म हेरेर फर्किएका दर्शकहरुले बताए ।
अनुभवी कलाकारको अभिनय रहेको चलचित्रमा गन्दर्भ समुदायको संस्कृति बचाउन खोज्दा समाजले हेर्ने फरक दृष्टिकोण र निम्न वर्गका परिवारमाथि उठ्न खोज्दा धनाढ्य बुज्रुगहरुले गरिने व्यवहारलाई संकेत गराउन खोजेको भन्दै एक दर्शकले टुटर मार्फत जनाएका छन् ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रकाश सपुतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम केसी, जानवी पौडेललगायतको अभिनय रहेको छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतिक सुवेदी हुनुहुन्छ । फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । सोसल-ड्रामा जनरा निर्माण भएको फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।