
राप्ती सोनारी । राप्ती सोनारी गाउँपालिका वडा नं–८ मा फोहोर व्यवस्थापन गर्न आवश्यक कार्यहरु शुरु गरिएको छ । पालिकाले फोहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु शुरु गरेको जनाएको छ ।
खासगरी राजमार्ग छेउमा रहेको बजारहरुबाट निस्कने फोहोर व्यवस्थापनका लागि डम्पिङ्ग साईडको बुधबार अनुगमनसमेत गरिएको छ ।
वडा नं ८ र ९ को फोहोर व्यवस्थापनका लागि व्यवस्थापन गर्ने ठाउँको अनुगमन गरिएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष पौडेल, वडा नं–८ का वडाअध्यक्ष डाँगी, इन्जिनियनर लगायतको टोलीले अनुगमन गरेको थियो । फोहोर व्यवस्थापन गर्ने ठाउँको क्षेत्रफल के ? कति भन्ने कुरा अहिले एकिन नभएको वडाअध्यक्ष डाँगीले बताउनुभयो ।
क्षेत्रफलका लागि आज (बिहिबार) दुबै वडाको नेतृत्व गर्ने व्यक्तिहरुसहितको बैठक बस्ने जनाइएको छ ।





