वायु प्रदूषणका कारणमा दिल्लीमा अनलाइन कक्षा शुरु

एजेन्सी । भारतको नयाँ दिल्लीमा अध्याधिक वायु प्रदूषण देखिएको छ । अत्यधिक प्रदूषणका कारण प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको छ ।

मुख्यमन्त्री आतिशी मार्लेनाले अनलाइन कक्षा सुरु गर्नुभएको हो । उहाँले सोसल मिडिया एक्समार्फत् अर्को सूचना जारी नभएसम्मका लागि अनलाइन कक्षा जारी रहने बताउनुभएको छ ।

दिल्लीमा वायु प्रदूषण बढेर अत्यन्त खराब स्तरमा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीका अधिकांश स्थानमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि पुगेको छ ।

यदि एक्यूआई ४०१ देखि ५०० को बीचमा भएमा यो अवस्थालाई अत्यन्त गम्भीर श्रेणीमा पुगेको मानिन्छ । यस्तो अवस्थामा स्वस्थ अवस्थाका मानिसहरुलाई पनि श्वासप्रश्वास लगायतका समस्या देखिन्छ ।

Previous articleफोहोर व्यवस्थापन राप्ती सोनारीमा पहल शुरु
Next articleदेशका विभिन्न ठाउँमा स्थानीय वायुको सामान्य प्रभाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here