भानु माविकाे व्यवस्थापन समितिमा काँग्रेसकाे प्यानल निर्वाचित

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं-६ स्थि भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिमा नेपाली काँग्रेसको प्यानल बिजयी बनेको छ ।

विद्यालय व्यवस्थापन समितिको चार पदका लागि भएको निर्वाचनबाट नेपाली काँग्रेसको तर्फबाट युवा नेता समसुद्धुहा खाँको नेतृत्वको प्यानल नै बिजयी बनेको हो ।

निर्वाचन अधिकृत एवं खजुरा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लका अनुसार माओवादीको वर्तमान कार्यसमितिको प्यानल, नेकपा एमाले र स्वतन्त्ररुपमा उठेका प्यानललाई काँग्रेसको प्यानलले पराजित गरेको छ ।

६७४ मतदाता संख्या रहेको निर्वाचनमा ६६४ मत खसेको थियो । जसमा ३१ मत बदर भएको र बाँकी मत १० मत खसेको थिएन ।नेपाली काँग्रेसको प्यानलबाट खुल्ला सदस्य पदका लागि उम्मेदवार बन्नुभएका खाँले २७९, महिला सदस्य पदमा तारावती बढहीले २८०, लक्ष्मी देवी चमारले २७१ र खुल्ला सदस्य पदमा साबिर बेहनाले २६८ मत प्राप्त गर्नुभएको छ ।

व्यवस्थापन समितिको नेतृत्वका लागि माओवादीको तर्फबाट वर्तमान कार्यसमितिको तर्फबाट वडा नं-५ का वडाअध्यक्ष गरिबे शेषको श्रीमती रेश्मा शेष, एमालेका पुर्व वडाअध्यक्षको तर्फबाट साबिर जोलाह र स्वतन्त्रतबाट अब्दुल मन्नान खाँन नेतृत्वका लागि उम्मेदवार बन्नुभएको थियो ।

समितिकाे तीन वर्षीय कार्यकालका लागि गाउँपालिकाको शिक्षा नियमावली २०७७ को परिच्छेद ५ नियम २६ को उपनियम १ क बमोजिम समितिको सदस्य पदको निर्वाचन गरिएको थियो । निर्वाचन अधिकृत मल्लका अनुसार चार पदका लागि १६ जनाको उम्मेदवारी परेको थियो ।

Previous articleअहिले नआए, कहिले आउला शिक्षा ऐन ?
Next articleअमेरिकाका ३९ औँ राष्ट्रपति जिमी कार्टरको निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here