अफ्रिकन स्वाइन फिभरले बंगुर मरे

धनगढी । कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगबाट बंगुर मर्न थालेका छन् । घोडाघोडी नगरपालिका वडा नम्बर ९ रतिपुरका प्रदेशु चौधरीले पालेका ३८ बंगुर अफ्रिकन स्वाइन फिभर रोग लागेर मरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले चौधरीले पालेका ३२ पाठापाठी, ५ माउ र एक भाले बंगुरको मरेको बताउनुभयो ।

१५ पुसदेखि बंगुर मर्न थालेकोमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा नमूना परीक्षण गर्ने क्रममा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको डीएसपी बोहराले बताउनुभयो ।

Previous articleराप्ती सोनारीमा एक दर्जन कार्यविधि तथा ऐन पारित
Next articleलुम्बिनी विश्वका घुम्नलायक ठाउँको सूचीमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here