राप्ती सोनारीमा एक दर्जन कार्यविधि तथा ऐन पारित

राप्ती सोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकाको १६ औं गाउँसभा आइतवार सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको सभाध्यक्षतामा भएको गाउँसभाले स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म अनुरुप निर्माण गरिएका करिव एक दर्जन कार्यविधि, ऐन तथा मापदण्ड पारित गरेको गाउँपालिकाका प्रवक्ता मिनराज खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार ८ वटा कार्यविधि, १ वटा नीति, १ वटा मापदण्ड र १ वटा ऐन गाउँसभामा पेश भएका थिए । ती सबै ऐन, कार्यविधि र मापदण्ड पारित भएको प्रवक्ता खड्काले बताउनुभयो ।

गाउँ प्रहरी (व्यवस्थापन तथा संचालन) सम्वन्धी, शिक्षक तथा कर्मचारी छनौट, भू-उपयोग मापदण्ड, राप्तीसोनारी आधारभूत अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि पारित भएको छ ।

त्यसैगरी गाउँपालिकाको सार्वजनिक नीजि साझेदारी नीति, गाउँपालिका क्षेत्रको नीजि जग्गाबाट ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, माटो तथा खनिज जन्य प्राकृतिक स्रोत साधन (संकलन र उपयोग) विक्री वितरण सम्वन्धी मापदण्ड र राप्तीसोनारी गाउँपालिकाको (स्थानीय वन ऐन २०७८) पहिलो संशोधन सहित पारित भएको छ ।

यस्तै बालविवाह मुक्त अभियान संचालन, बालश्रम मुक्त घोषणा, बालमैत्री स्थानीय शासन घोषणा र बाल अधिकार कार्यान्वयन गर्न बनेको कार्यविधि पनि पारित भएको छ ।

गाउँसभामा उपाध्यक्ष मनिषा सिंह थारु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी, विषयगत समितिका संयोजकहरुले चालु आर्थिक वर्षको मध्यवधी प्रगति विवरण पेश गर्नुभएको थियो ।

Previous articleजुवा खालबाट ११ जना पक्राउ
Next articleअफ्रिकन स्वाइन फिभरले बंगुर मरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here