भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय हुम्लाले भरुवा बन्दुक र भालुको जस्तो पन्जाको नंग्रा भागसहित एक जनालाई पक्राउ गरेको छ ।

सिमकोट गाउँपालिका वडा नम्बर ४ बुराउसे बस्ने ७४ वर्षीय कुङ्गा सुन्दुप लामाको घरको कोठाबाट बरामद गरेको हो । भरूवा बन्दुक र जंगली जनावरको नंग्रा लुकाइछिपाई राखेको अवस्था प्रकाउ गरेको हो ।

गोप्य सूचनाको आधारमा बिहान साढे ९ बजे बन्दुक १ थान र जंगली जनावरको भालुको  जस्तो देखिने पन्जाको भागसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काले जानकारी दिनुभयाे ।

Previous articleसुशासनका पक्षमा रहने छु: सुधांशु
Next articleकानुन निर्माणले खजुराकाे सेवा प्रवाहमा सहज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here