
बाँके । बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई सहज बनाएको छ ।
कानुनको अभावमा सेवा प्रवाह गर्दा भोग्नुपरेका अप्ठेरा, समस्या तथा विषयको गम्भीरतालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट हुने कार्य सम्पादन सहजताका लागि खजुराले कानुन निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताउनुभयाे ।
उहाँका अनुसार, गाउँपालिकाबाट प्रवाह हुने सेवा, सुविधा तथा योजनाको समयमै सम्पादन तथा पूर्णता दिन प्रदेश तथा केन्द्रीय कानुनको भरमा काम गर्दा भोग्नुपरेको जटिलतालाई मध्यनजर गर्दै आफ्नै कानुन निर्माण कार्य सम्पादन गर्नुको विकल्प नरहेकाले कानुन निर्माणलाई प्राथमिकता दिइएको हो ।





