संस्कारसहितको शिक्षा प्रदान गर्दै खजुराको साइनिङ्ग स्टार

खजुरा । बाँकेको खजुरा गाउँपालिका २ रिमझिम बजारस्थित रहेको साइनिङ्ग स्टार मन्टेश्वरी स्कुलले आफ्नो बार्षिक उत्सवलाई भव्य मनाएको छ । संस्कार सहितको शिक्षा प्रदान गरिरहेको साइनिङ्ग स्टार मन्टेश्वरी स्कुलले शुक्रबार एक समारोहको आयोजना गर्दै बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम गरेको हो ।

साइनिङ्ग स्टार मन्टेश्वरी स्कुलका संस्थापक प्रिम्सीपल निशा देवकोटाले फुलको गमलामा पानि राखेर समारोहको उद्घाटन गर्नुभएको थियो । विद्यालयमा राजनीति भाषणहरु नहोस भनेर एकेडमीले यस पटक विद्यार्थिहरुका अभिभावक बाहेक अन्य अतिथिलाई नबोलाएको जनाएको छ । अतिथि बोलाउदा बोल्न दिन पर्ने र बोल्दा राजनितिक गन्ध आउने हुदाँ यस कार्यलाई हटाउदै यसपटक अतिथिहरु भनेर नबोलाएको प्रिम्सीपल देवकोटाले जनाउनुभयो ।

विद्यालयको लागी अभिभावक र विद्यार्थी नै महत्वपुर्ण अतिथि मानिएको प्रिम्सीपल देवकोटाले बताउनुभयो । करिव दुई सय विद्यार्थी रहेको विद्यालयमा हाल कक्षा ४ सम्म अध्ययन अध्यापन हुदै आइरहेको छ । आयोजित कार्यक्रममा विद्यार्थी र शिक्षिकाहरुले दर्जन बढि नृत्य तथा अन्य प्रतिभा प्रस्तुत गरेका थिए ।

उपस्थित अभिभावकहरुले पारिवारिक वातावरण स्कुलले प्रदान गर्न सफल भएको भन्दै प्रशंसा व्यक्त गरेका थिए । अभिभावकले संस्कारसहितको गुणस्तरिय शिक्षा प्रदान गर्न थप मद्धत मिलोस भन्दै शुभकामना दिए ।

Previous articleआपूर्ति नियमित भएपनि बजारमा ग्याँस अभाव
Next articleबाँकेका ११ सहित १६ औषधि पसललाई कारबाही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here