
नेपालगन्ज, बाँके । यतिखेर देशमा दुई तिहाई जनमत प्राप्त लोकप्रिय सरकार गठन भई सय दिनको, १०० बुुँदे कार्य योजना बनाएर आक्रामक रुपमा अगाडी बढेसंगै शिक्षकका संघ संगठन र ट्रेड युनियन अधिकारमाथि धावा बोलेको छ । नेपालको शिक्षा क्षेत्र बिग्रनुमा सम्पूर्ण हात ट्रेड युुनियन र संघ संगठनको रहेको छ भन्ने भाष्य सृजना गरिएको छ ।
शिक्षकका पेशागत सघ संगठनका नेताहरु पढाउँदैनन् राजनीति मात्र गर्दछन, तसर्थ शिक्षा क्षेत्रको सम्पूर्ण समस्याको जड ट्रेड युनियनलाई देखाएर यिनिहरुको निषेधको चर्चाबाट लोकप्रियताबादमा रमाउने सरकारले वाइवाइ कमाउने प्रयत्नमा रहेको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रम शिक्षा मन्त्रीका अभिव्यक्तिले सरकार सोही दिशामा अगाडी बढेको देखिन्छ ।
सरकारले शिक्षकका संघ संगठनलाई खारेज गर्ने समय सिमासहितको क्यालेण्डर बनाएर अगाडि बढ्दै गर्दा आज जागौँ ! जगाऔँ ! अधिकार रक्षा गर्न अघि बढौँ ! भन्ने नारका साथ ४७ औँ शिक्षक दिवस देशभरिका नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुले देशव्यापी कार्यक्रमहरु गरि मनाउँदै छन् ।
चैत्र २९ नेपाली शिक्षकहरुले गर्व गर्ने दिन हो, किनकी नेपालमा शिक्षकको हकहित सेवा सुुबिधा र स्थायित्वको लागि लामो बलिदानिपूर्ण आन्दोलन पश्चात नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापना भएको दिन । नेपाली शिक्षक बालिघरे प्रथाबाट मुुक्त भएको दिन ट्रेड युनियन अधिकारको सुनिश्चितता भएको दिन ।
संगठनकै नेतृत्वमा भएका पटक पटकका आन्दोलनको बलमा राज्यलाई शिक्षकका माग मुुद्धाहरु सम्बोधनको लागि बाध्य पार्ने काम हुँदै आएकोमा हाल ट्रेड युनियन अधिकारमाथि सरकारबटै धावा बोलेको वर्तमान परिपेक्षमा आज मनाउदै गरेको शिक्षक दिवसको महत्व अझै बढेको छ ।
हिजो एकताबद्ध शिक्षक आन्दोलनबाट जे-जति उपलब्धि प्राप्त भएका थिए । पछिल्ला दिनहरुमा भएको शिक्षक आन्दोलनको राजनीतिक विभाजनले हाम्रा माग मुुद्धा मात्र कमजोर भएका छैनन् कि शिक्षकले राजनीति गरेर शिक्षा क्षेत्र ध्वस्त पारे भन्ने गलत न्यारेटिभ तयार गर्न लोकप्रियताबादीहरुलाई मौका दियौँ ।
२०३६ सालमा स्थापना भएको गौरवशाली संगठनलाई २०४६ पछिको परिवर्तित राजनीतिक व्ववस्थामा हामीहरु राजनीतिक दलको स्वार्थको गोटी बन्दा आज दर्जनौ शिक्षक संगठनहरु पार्टीका भातृ संगठन तथा सुवेच्छुुक संस्थाको रुपमा अस्तित्वमा रहेका छन ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले आफ्नो विधानमा कुुनैपनि राजनीतिक दलको भातृ संगठन भनेर किटान नगरी निरन्तर आजसम्म एकताबद्ध शिक्षक आन्दोलनको वकालत गर्दै व्यापक एकताको आशालाई दिगो बनाइ रहेको छ । जुन आजको संबेदनशिल अवस्थामा झनै औचित्यपूर्ण बनेको छ ।
आज शिक्षकका संघ संगठन र तिनका नेताहरुलाई शिक्षा क्षेत्रको विसंगतीको सम्पूर्ण जिम्मा लगाएर यिनको निषेधमै शक्तिशाली सरकारको सफलाता देख्ने सरकारले सर्वे गरेर हेरोस, शिक्षकका नेताहरुले नेतृत्व गरेका विद्यालयहरुले नै देशव्यापी रुपमा सार्वजनिक शिक्षामा राम्रो योगदान गरेका छन्र ।
सरकारको शक्ति प्रयोग गरि शिक्षक र शिक्षामैत्री शिक्षा ऐन ल्याउने, शिक्षण पेशालाई आकर्षक बनाएर अव्बल जनशक्ति शिक्षकमा भित्राउने योजना ल्याउने, विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गर्ने, विद्यालय मर्जरको योजना अगाडी बढाउने जस्ता कार्यहरु गरि शिक्षा क्षेत्रमा सुधारको लागि अगाडी बढ्नुको सट्टा संघ संगठनलाई निषेध गर्ने लोकप्रिय नाराका पछाडी लाग्नु नेपालको शिक्षा क्षेत्र र सरकार स्वयंलाई प्रतिउत्पादक हुन सक्दछ ।
आज २१ औँ शताब्दीको लोेकतान्त्रिक भनिने सरकारले नेपालको संबिधान, अन्तराष्ट्रिय श्रम संगठनको मान्यता विपरित हठात् लोकप्रियताको लागि शिक्षकका संघ संगठनलाई प्रतिबन्ध गर्नु घोर निरंकुुशताको नमुुना हो । २०३६ सालमा निरंकुश राजतन्त्रको विरुद्ध एक सय दिन भन्दा बढी हडताल गरि ल्याएको अधिकार नेपाली शिक्षकहरुलाई अत्यन्त प्रिय छ र सजिलै कसैले चाहेर अपहरण गर्न सक्दैन ।
लामो र संघर्षपूर्ण आन्दोलनबाट प्राप्त अधिकारको रक्षा गर्न र सरकारको घोर निरंकुश कार्यको विरुद्ध डटेर सामना गर्न सम्पूर्ण शिक्षकहरुलाई एकताबद्ध आन्दोलनको लागि प्रेरित गरोस ४७ औ शिक्षक दिवसको शुभकामना ।






