स्वेता गुरूङको अध्यक्षतामा सहयात्रीको नयाँ नेतृत्व चयन

नेपालगन्ज । सहयात्री नेपालको अध्यक्षमा स्वेता गुरूङ चयन हुनुभएको छ । संस्थाको नेपालगन्जमा भएको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिबेशन गुरूङको अध्यक्षता नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले संस्थाको उपाध्यक्षमा मोहम्मद सलमान सलमानी, सचिवमा अञ्जना चतुर्बेदी, सह-सचिवमा दीपा सुनार र कोषाध्यक्षमा देवा बहादुर क्षेत्रीलाई चयन गरेको छ ।

यस्तै कार्यसमिति सदस्यहरूमा अरुणा गुरुङ, दीपिका देवकोटा, परशु राम बारी, अभिषेक भट्ट, सोनी भट्ट, सृष्टि चन्द ठाकुरी रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष गुरूङले संस्थाले समाजमा हालसम्म दिएको योगदानलाई निरन्तरता दिने र थप उचाईमा लैजानका लागि अन्य कार्यक्रमहरू संचालन गर्ने बताउनुभयो ।

उहाँले युवाको क्षेत्रमा उनीहरूको क्षमता विकास, नेतृत्व विकास, सामाजिक भावनाको विकास, बालविवाह बिरूद्वका अभियान, दाईजो प्रथा, महिला हिंसाबिरूद्वको सचेतनालगायतका विषयमा कार्यक्रम तथा अभियान संचालन गर्दै आएको छ ।

यस्तै निवर्तमान अध्यक्ष ऋतिक शाहीले हामीले युवाहरूलाई सकारात्मक सोंचको विकास गर्नका लागि विभिन्न संघ संस्थासंग समन्वय सहकार्य गरेर सफल बनाउनु भएकोमा दिनुभयो । उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै समाज विकासलाई प्राथमिकता दिने कुरा बिर्सन नहुनेमा जोड दिनुभयो ।

संस्थाले एनआरएनए अष्ट्रेलिया, नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ र ८, प्रेम बजगाई, जिल्ला युवा क्लब संजालका अध्यक्ष आशिष बर्मा, सचिव राजन बर्मा, सोम गुरुङ्ग, भिष्म लोधलाई सम्मान गरेको छ ।

Previous articleट्रेड युुनियन अधिकारमाथिको धावा र शिक्षक दिवसको महत्व
Next articleप्रमुख प्रशासकीय अधिकृत तथा कम्पनीका सञ्चालकविरुद्ध मुद्दा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here