
काेहलपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाँकेले आफ्ना ८ वटै पालिकाको छैठौ पालिका परिषद र २४ औ जिल्ला परिषद कोहलपुुर १३ को खड्कवारमा रहेको पार्कमा सम्पन्न गरेको छ ।सम्पन्न कार्यक्रममा जिल्ला भरिबाट १५० बढी शिक्षक सहभागी भएको संगठनका जिल्ला अध्यक्ष बाबुुराम अधिकारीले बताउनुुभयो ।
राष्ट्रिय समिति सचिव बामदेब सुुबेदीको प्रमुुख आथित्यतामा सम्पन्न कार्यक्रममा बाँके जिल्ला इन्चार्ज रेखा धिताल, प्रदेश उपाध्यक्ष शिवशंकर रोकाय, प्रदेश सदस्य हरी निरौला, जिल्ला महासंघ अध्यक्ष महेश कुुमार शर्मा, पेशागत महासंघ अध्यक्ष दुुर्गा डाँगी, बुुद्धीजिवी परिषद अध्यक्ष निम प्रकाश थापा , पुुर्र्व अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाकाो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव पूूर्ण बहादुुर शाहीले गर्नुभएकाे थियाे ।
कर्यक्रममा सम्बोधन गर्दै प्रमुुख अतिथीले देशमा लोकतन्त्र, गणतन्त्र रहेकोले कक्षाकोठामा अब्बल प्रमाणित हुँदै संगठनात्मक काम र संलग्नतालाई कसैले चाहेर पनि निषेध गर्न नसक्ने बताउनुभयाे । ने. रा.शि.सं. अन्तराष्ट्रिय संस्थासंग समेत सम्बन्ध राख्ने भएको र नितान्त पेशागत संगठन भएकोले नेपालको संविधान अनुुसार समेत संगठनलाई निषेध गर्न नसक्ने जिकिर गर्नुभयाे ।
संगठनका जिल्ला अध्यक्षले जिल्ला र स्थानिय तहमा रहेको प्रतिकुुुलता होस वा राष्ट्रिय प्रतिकुुलता आम शिक्षकको साथ र सहयोगले बाँके जिल्लामा नेपाल राष्ट्रिय शिक्षक संगठन शसक्त संगठनको रुपमा रहेको बताउनुभयाे । बाँके जिल्लाका १००० बढी शिक्षको नेतृत्व गर्ने संगठनको सबै स्थानीय तहका समितिले आफ्नो प्रतिवेदन जिल्ल समितिलाई हस्तान्तरण गरेका थिए भने जिल्ला समितिको तर्फबाट संगठनिक, आर्थीक तथा महिला विभागको प्रतिवेदन प्रस्तुुत गरिएका थिए ।
शिक्षकहरुले नाचगान गरि रमाईलो समेत गरेको कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष बाबुुराम अधिकारीको रहेको थियो भने सञ्चालन सचिव पूूर्ण बहादुुर शाहीको रहेको थियो ।






