उद्योग वाणिज्य संघकाे अध्यक्षमा संजय थापा उम्मेदवार हुने

नेपालगन्ज । प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघकाे अध्यक्ष पदका लागि संजय थापालाई निर्वाचनमा उतार्ने निर्णय गरेकाे छ ।

संघको बसेकाे बैठकले अध्यक्ष पदमा थापालाई अगाडि बढाउने सर्वसहमतिबाट निर्णय गरेकाे छ । वाणिज्य संघले आगामी साउन ३१ गते साधारण सभा र भदौं १ गते निर्वाचन गर्ने निर्णय गरेकाे छ ।

संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा शनिबार नेपालगन्जमा सम्पन्न बैठकले संघकाे निर्वाचनकाे मिति चय गरेकाे हाे ।

प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेकाे वर्तमान अध्यक्ष, क्यान बाँकेका पुर्वअध्यक्ष रहनुभएका थापाकाे उद्योग, ब्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक लगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ ।

प्रजातान्त्रिक ब्यवसायी संघले अध्यक्ष बाहेक पदाधिकारी र सदस्यको टुंगो भने केहीदिनमा लगाउने जनाएको छ । संघको निर्वाचनमा अध्यक्षसहित १७ जना निर्वाचित हुने व्यवस्था रहेकाे छ ।

Previous articleशिक्षक सङ्गठन बाँकेकाे जिल्ला परिषद सम्पन्न 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here