श्री रामलीलामा आज रावण बध

नेपालगन्ज । नेपालगन्जमा जारी श्री रामलीला मन्चनको विशेष आकर्षण रावण बध आज बुधबार दिउँसो हुने भएको छ । बडा दशैकै दिन रामलीला मैदानमा ४५ फिट अग्लो रावणको विशाल पुतला दहन गरिँदैछ।

आकर्षक रूपमा तयार गरिसकिएको भिमकाय रावण बधले दर्शकलाइ विशेष आकर्षित गर्ने अपेक्षा गरिएको छ । श्री रामलीला संचालक समितिका अध्यक्ष सन्तोष कुमार कानोडियाले रावण बध अवलोकनका लागि सबैमा अपिल गर्नु भएको छ ।

नेपालगञ्जको पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलीलाको १५९औं शृंखला असोज २५ गते देखि जारी छ । हरेक दिन साँझ ८ बजेदेखि जारी राम लीलामा राम र सीताको जीवनीमा आधारित विभिन्न कथाहरू नाटकीय रूपमा प्रस्तुत भइरहेका छन् ।

रामलीला मञ्चनको अन्तिम दिन बिहीबार साँझ ८ बजे भरत मिलाप तथा श्री रामको शुभ राज्याभिषेक कार्यक्रम सम्पन्न हुने श्री राम लीला संचालक समितिले जनाएको छ । यी दुवै कार्यक्रमले रामलीलाका भक्त र स्थानीय समुदायलाई गहिरो आध्यात्मिक आनन्द प्रदान गर्ने बिश्वास गरिएको छ ।

Previous articleविजयादशमीले आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता बलियो बनाउँछ: मुख्यमन्त्री आचार्य
Next articleदशैँको टीका: पौराणिक आस्था, सांस्कृतिक स्थापना र सामाजिक मान्यता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here