
नेपालगञ्ज । नेपाल जेसिजले आजदेखि बुलटवलमा नोम लोम एकेडमी तालिम संचालन संचालन गरेको छ । दुई दिन संचालन हुने तालिममा देशभर रहेको जेसिजका लोम अध्यक्ष २०२१ तथा अफिसरहरुको सहभागिता रहने जनाइएको छ ।
तालिमकाे प्रशिक्षक जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष रबिन्द्र कर्ण रहनुभएकाे छ । कर्ण १९९७ का नेपाल जेसिजको अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । तालिममा सफल नेतृत्व के हो ? सफलता प्राप्त गर्न के के गर्नुपर्ने, लोम अफिसर के हो ? जेसिजको लक्षय, उद्देश्य जस्ता बिषयमा छलफल हुने जनाइएको छ ।





