स्पोर्टस फर अल कमिशनको लुम्बिनी प्रदेश अध्यक्षमा मल्ल मनोनित

नेपालगञ्ज । स्पोर्टस फर अल कमिशन (नेपाल ओलम्पिक कमिटी) नेपाल, लुम्बिनी प्रदेश अध्यक्षमा योगेश मल्ल मनोनित हुनुभएको छ । नेपाल ओलम्पिक कमिटीले एक सूचना जारी गर्दै प्रदेश अध्यक्षमा मल्ललाई मनोनित गरिएको जनाएको हो ।

कमिशनले बिगतका वर्षमा संस्थाका लागि मल्लले पुर्याउनुभएको योगदानको कदर, सम्मान गर्दै प्रदेश अध्यक्षमा मनोनयन गरिएको सूचनामा उल्लेख छ । साथै कमिशनले आगामी दिनमा पनि बिगतको जस्तै जिम्मेवारीलाई इमान्दारी र योगदान पूर्ण निभाउने आशासहित मल्ललाई शुभकामना समेत व्यक्त गरेको छ ।

मल्लको मनपर्ने खेल फुटबल हो । साथै मल्ल खेलसंगै सानिमा बैंक तुलसिपुर शाखाको म्यानेजर पनि हुनुहुन्छ । उहाँले खेलकुदका लागि बिगतमा बिभिन्न प्रकारको सहयोग गर्दै आउनुभएको छ ।

Previous articleजेसिजले आजदेखि बुटवलमा लोम एकेडमी तालिम संचालन गर्दै
Next articleनेपालगन्ज बिमानस्थलमा दुर्घटनाकाे पूर्वअभ्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here