
धनगढी । बझाङमा पहिरोमा बेपत्ता परेकामध्ये तीन जनाको शव फेला परेको छ ।
मृत भेटिनेमा वर्ष ५० की राममति जेठारा, अन्दाजी वर्ष १० की अस्मिता जेठारा र वर्ष ७ का प्रयाग जेठारा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बताउनुभयो ।
यस्तै दुई गाई, तीन भैंसी र ८ बाख्रा मरेका फेला परेका उनले जानकारी दिनुभयो । केदारस्युँ गाउँपालिकाको वडा नम्बर ८ मल्लेसीमा शुक्रबार राती १ बजेतिर पहिरो जाँदा २० जना बढी बेपत्ता छन् भने १७ घर पुरिएका छन् ।
करिब नौ घण्टापछि घटनास्थलमा स्थानीय प्रहरी पुगेको छ ।जिल्लाबाट खटिएको प्रहरी, शसस्त्र प्रहरी र सेनाको टोली अझै पुगिसकेको छैन । सेतोपाटी





