
कैलाली । कैलालीकोे गोदावरी नगरपालिका वडा नम्बर १० मा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ । शुक्रबार राति स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले बताउनुभयो ।
जेठ २६ गते भारतबाट फर्केकी ४८ वर्षीया ती महिला वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टिनमा बस्दै आएकी थिइन् । ‘उनमा पहिलेदेखि प्यारालाइसिस र रक्तचापको समस्या थियो ।
उनको कोरोना परीक्षणका लगि स्वाब नमूना संकलन गरी धनगढी पठाइएको छ । रिपोर्ट आएपछि शव व्यवस्थापन गरिने शाहीले बताउनुभयो । सेतोपाटी





