पहिरो पीडितको उद्धारमा हिडेको सेनाको गाडी दुर्घटना, तीन जना घाइते

सांकेतिक तस्बिर

बझाङ । केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको सेनाको गाडी दुर्घटनामा परेको छ ।

घटनास्थल नजिकै पुगेको सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको गाडीमा रहेका तीन जना घाइते भएका छन् । दुर्घटनास्थलमा सञ्चारको पहुँच प्रभावकारी नभएकाले यसबारेमा थप विवरण प्राप्त हुन सकेको छैन ।

शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेसी गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म चारै जनाको शव निकालिएको छ ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन् ।

Previous articleवन बन्दै बगर
Next articleभारतमा अलपत्र ६ नेपाली महिलाको उद्धार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here