वन बन्दै बगर

दाङ । खासै चहलपहल नहुने घोराही उपमहानगरपालिका ५ खैरा कचिलास्थित बबई नदी किनारमा सोमबार बिहान भने मान्छेहरुको घुँइचो देखिन्थ्यो ।

उपमहानगरपालिकाका जनप्रतिनिधि, जिल्लाका सुरक्षाकर्मी, लाहुरे बन्न तालिमरत युवाहरु लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको जमात नदी किनारमा थियो ।

बबई नदीको बगर क्षेत्रमा करिब एक हजारको हाराहारीमा मान्छेहरु थिए । ती मान्छेले बबई नदीले बनाएको बगरलाई वनमा रुपान्तरण गर्न सो क्षेत्रमा वृक्षारोपण गरेका छन् ।

घोराही उपमहानगरपालिका र डिभिजन वन कार्यालय दाङको सहकार्यमा १५ बिघाहा क्षेत्रफलमा १५ हजार विभिन्न जातका बिरुवा रोपिएको छ । सम्भवतः नेपालमै पहिलो पटक एकैदिनमा एकै स्थानमा यति ठूलो मात्रामा वृक्षारोपण गरिएको हो ।

उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बहुआयामिक फाइदाका लागि वृक्षारोपण कार्यक्रमलाई अघि बढाइएको जानकारी दिनुभयो ।

यति ठूलो जनशक्ति परिचालन गरी १५ हजार बिरुवा रोप्ने काम सम्भवतः नेपालमै पहिलोपटक गरिएको छ, चौधरीले भन्नुभयो, यसले यो क्षेत्रको जलवायु अनुकुलन, पर्यटन प्रबर्द्धन र नदीको कटान रोकनेमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरेका छौं ।,

चौधरीले खेर गइरहेको बगरलाई उत्पादनमुलक बनाउनका लागि पनि यस किसमको अभियानको थालनी गरिएको र उपमहानगरपालिकाका अन्य नदी क्षेत्रमा पनि स्थानीयसँगको सहकार्यमा बृहत वृक्षारोपण कार्यक्रमलाई अघि बढाईने जानकारी दिनुभयो ।

सोमबार स्थानीय, जनप्रतिनिधि, द व्रेभ गोर्खा, द लोटस गोर्खा, र स्यालुट गोर्खाका खैरा कचिला सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरेका हुन ।

साढे आठ लाख लगानी
सो क्षेत्रमा वृक्षारोपणका लागि डिभिजन वन कार्यालय दाङले साढे ८ लाख रुपैया लगानी गरेको छ । कार्यालयका प्रमुख दिपक ज्ञवालीले जिल्लाभरी ४० हेक्टर नदीले बगर बनाएको ४० हेक्टर जमिनमा यस किसमको बृहत वृक्षारोपण अभियानलाई अघि बढाइएको र घोराहीमा मात्र २९ हेकटरमा वृक्षारोपण गरिने जानकारी दिनुभयो ।

खयर, सिसौ जस्ता बहुआयामिक फाईदा हुने बिरुवा शुरुवाती चरणमा रोपिएको जानकारी दिँदै उनले स्थानीयले आर्थिक उपार्जन हुने खालका बिरुवा पनि रोप्न सक्ने बताउनुभयो ।

संरक्षणको चिन्ता
बृहत रुपमा वृक्षारोपण कार्यक्रम गरिएतापनि हाल ति रोपिएका बिरुवालाई संरक्षण गर्नेमा भने सरोकारवालको चिन्ता देखिन्छ ।
सोमबार खैरा कचिला क्षेत्रको बबई नदी किनारमा रोपिएको बिरुवालाई संरक्षणमा गर्ने भन्नेमा आफुहरु चिन्तित रहेको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताउनुभयो ।

हाललाई वृक्षारोपण गरिएको क्षेत्रमा वरिपरी तारजाली गरिए पनि त्यसबाट मात्र संरक्षण हुन नसक्ने उहाँले बताउनुभयो । ‘ उपमहानगरापालिकाले दिनदिनै गएर संरक्षण गर्न सक्ने अवस्था छैन । रासस

Previous articleकुसंस्कार न्युननिकरणका लागि चिडिमार समुदायमा युवा क्लब गठन
Next articleपहिरो पीडितको उद्धारमा हिडेको सेनाको गाडी दुर्घटना, तीन जना घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here