तीन संस्थाद्धारा २४ लाख बढिको स्वास्थ्य सामाग्री प्रदान

नेपालगञ्ज । कोरोना महामारी नियन्त्रणमा खटिएकाहरुको सुरक्षाका लागि तीन गैरसरकारी संस्थाहरुले २४ लाख बढि मुल्यको स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र गेरुवा ग्रामीण जागरण संघ बर्दियाले सोमबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सुरक्षाका आवश्यक सामाग्री सहयोग गरेको हो ।

संस्थाहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका संयोजक शिवराम गेलाललाई हस्तान्तरण गरेको छ । सो क्रममा बोल्दै प्रजिअ गेलालले संघ संस्थाको सहयोग महामारी नियन्त्रणको कदम हुने बताउनुभयो ।

सहयोग गरिएको सामाग्रीहरुमा ६५० थान पिपिई, ५०० एम एलको २०० थान र ५० ग्यालेन स्यानिटाईजर, एन ९५ मास्क १००० थान, ३०० बक्स सर्जिकल मास्क, १५ थान आई आर थर्मामिटर, १५०० थान फेस शिल्ड, १५०० प्याकेट ग्लोब्स लगायत ११ प्रकारको सामाग्री उपलब्ध गराएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

२४ लाख १८ हजार ७ सय पन्ध्र रुपैया बराबरको उक्त सामाग्री हस्तान्तरण गर्ने क्रममा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, प्लान इन्टरनेशनलका जनक गिरी, बाँके युनेस्को क्लबका राजेन्द्र चौधरी, गेरुवाका अध्यक्ष कृष्णजंग शाह, गेरुवाका कार्यकारी निर्देशक हरि सुबेदी, भेरी अस्पतालका मेसु डा.प्रकाश थापा लगायतको उपस्थिति रहेको थियो । भेरी अस्पताल नेपालगञ्ज, होल्डिङ्ग सेन्टर तथा शव व्यवस्थापनका लागि उक्त सामाग्री उपलब्ध गराइएको हो ।

Previous articleअवकाश पाएका चिकित्सकलाई करारमा लिइने, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता
Next articleस्वास्थ्यकर्मीलाई उच्च मनोवलका साथ काम गर्न उपमहानगरको निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here