२१ नम्बर वडा कार्यालयकाे उदासिनता, झगरपुरबासीलाई कष्ट

बाँके । एकैछिनकाे वर्षामा नेपालगन्ज झगरपुरका स्थानीयलाई हिडडुलमा समस्या उत्पन्न हुन थालेकाे छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं-२१ स्थित झगरपुरकाे बाटाे केही समयकाे वर्षाले नै हिलाम्य हुने गरेकाले स्थानीयलाई कसरी ओहाेर दाेहर गर्ने भन्न् कुराले समस्या निम्त्याउने गरेकाे हाे ।

स्तर उन्नतिका लागि वडा कार्यालयकाे प्राथमिकतामा नपरेका कारण याे गाउँका स्थानीयले सास्ती खेप्न बाध्य छन् । बेतहनी जाने बाटाेमा बिर्ता गाउँ कटेर अगाडि पुगेपछि उत्तरमा रहेकाे झगरपुर जाने करिब २ किलोमिटर बाटाेमा वडा अध्यक्षले समेत ध्यान नदिएकाे स्थानीयकाे गुनासाे छ ।

वडा अध्यक्ष रंन्जित खाँले भने याे वर्ष साे बाटाे स्तर उन्नति गर्न नसकेकाे जानकारी दिनुभयाे । उहाँले बिगतमा वडाका नेताहरूले साे बाटाेलाई मन्त्रीकाे बजेटमार्फत मर्मत सम्भार गर्ने भन्ने भनाईले केही गर्न नसकेकाे बताउनुभयाे ।

याे गाउँमा २५ बढि घरपरिवार छन् तर वर्षा लाग्ने बित्तिकै कष्टकार यात्रा गर्न बाध्य छन् । जबकी याे गाउँ नेपालगन्जदेखि ५ किलोमिटरकाे दुरीमा पर्छ ।

पानी पर्याे र याे बाटाेमा हिडन पर्दा लडिन्छ कि भनेर बरू घरमै बसाैं भन्ने मन हुन्छ तर विभिन्न कामका लागि बाहिर निस्कनै पर्याे, के गर्ने बाध्यतै याे बाटाे हिडन परेकाे छ, एक स्थानीयले नाम नराख्ने शर्तमा भने, वडा अध्यक्षकाे आफ्नाे घर वरिपरि बाहेक अन्य ठाउँमा आखा नै जान्न ।

पानी परेसंगै हिलाे चिप्लाेका कारण कतिपय याे बाटाेमा लडेका छन् । साईकल मात्र नभएर पैदल समेत खेतकाे आली भएर जनुपर्ने बाध्यता रहेकाे गाउँलेहरू बताउँछन् ।

Previous articleदुई अध्यक्षद्धारा गाउँपालिकाको सार्वजनिक सुनुवाई बहिस्कार
Next articleकोभिड–१९ खोपको क्लिनिकल परीक्षण सफल : रूसी विश्वविद्यालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here