दुई अध्यक्षद्धारा गाउँपालिकाको सार्वजनिक सुनुवाई बहिस्कार

बाँके । बाँकेको डुडुवा गाउँपालिकाका दुई जना वडा अध्यक्षले सार्वजनिक सुुनुवाई बहिस्कार गरेका छन् ।

पालिकाको वडा नं ३ मा शनिबार भएको गाउँपालिकाको सार्वजनिक सुनुवाईलाई वडा नं ३ का अध्यक्ष भण्डारीलाल यादव र वडा नं ४ का वडा अध्यक्ष सगिर खाँले बहिस्कार गर्नुभएको हो ।

गाउँपालिकाले एकलौटी ढंङबाट हरेक गतिबिधि संचालन गरिरहेको भन्दै अध्यक्षद्धयले शनिबारको सार्वजनिक सुनुवाई बहिस्कार गरेको बताउनुभयो ।

पालिकाले वडासंग समन्वय गरेर गर्नुपर्ने कुराहरुमा समेत कुनै किसिमको समन्वय सहकार्य नभई एकलौटी ढंङबाट गरिरहेकाले आफुहरुले शनिबारको कार्यक्रमलाई बहिस्कार गरेको ३ का अध्यक्ष यादवले जानकारी दिनुभयो ।

काम एकलौटी रुपमा गर्छन, अनि किन हामी सहभागि हुनुपर्ने, वडा अध्यक्ष खाँले भन्नुभयो, त्यसकारण हाम्रो सहभागिता सार्वजनिक सुनुवाईमा नहुनु नै ठिक भएकाले बहिस्कार गरेका हौं ।

गाउँपालिकाको मनोमानीका कारण अध्यक्षद्धयले बिगतदेखि नै गाउँपालिकाको सार्वजनिक सुनुवाई र गाउँसभा जस्ता कार्यक्रमहरु बहिस्कार गर्दे आएका छन् ।

Previous articleद्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँकेको निर्माणाधिन भवनको खर्च सार्वजनिक
Next article२१ नम्बर वडा कार्यालयकाे उदासिनता, झगरपुरबासीलाई कष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here