फाइजर र अष्ट्राजेनेका खोपको प्रभावकारिता ६ महिनाभित्रै घट्ने एक अध्ययनको निष्कर्ष

एजेन्सी,
लन्डन । बेलायतमा गरिएको एउटा अध्ययनले कोरोनाभाइरसविरूद्धका भ्याक्सिन फाइजररबायोएनटेक र अक्स्फोर्डरअष्ट्राजेनेकाको प्रभावकारिता छ महिनामै घट्न थाल्ने देखाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार बेलायतको जेडओई नामक संस्थाले गरेको अनुसन्धानमा फाइजर खोप लगाएको पाँचदेखि छ महिनामा यसले कोरोनाबाट जोगाउने क्षमता ८८ देखि ७४ प्रतिशतसम्म घट्ने देखिएको छ। त्यस्तै अष्ट्राजेनेका भ्याक्सिन लगाएको चारदेखि पाँच महिनामा यसको प्रभावकारिता ७७ देखि ६७ प्रतिशतसम्म घट्छ ।

जेडओईको यो अनुसन्धान १० लाखभन्दा बढी एप प्रयोगकर्ताहरूले दिएका विवरणमा आधारित थियो ।

यी खोप लगाएका वयस्क मानिसहरूमा खोपको प्रभावकारिता कस्तो हुन्छ भन्नेबारे थाहा पाउन थप विवरण संकलन गर्नु पर्ने हुन्छ किनकी यो अध्ययनमा सहभागी भएकाहरू प्राय : वृद्धवृद्धा छन् । छ महिनाअघि कोरोनाको भ्याक्सिन लगाउनेमा उनीहरूलाई प्राथमिकतामा राखिएको थियो ।

एकदमै नराम्रो परिस्थितिमा आउने हिउँदसम्म वृद्धवृद्धा र स्वास्थ्यकर्मीमा भाक्सिनको प्रभावकारिता ५० प्रतिशतभन्दा तल जान सक्ने जेडओईका सहसंस्थापक तथा अनुसन्धानकर्ता टिम स्पेक्टरले बताउनुभयो ।

‘यसले केही कुरा गर्नुपर्छ भन्ने देखाउँछ । संक्रमितहरू बढिरहेको र संक्रमण अझै उच्च हुने सम्भावना हुँदाहुँदै हामी खोपको प्रभावकारिता घटेको हेरेरमात्र बस्न सक्दैनौं,’ स्पेक्टरले भन्नुभयो ।

अमेरिका, बेलायत र अन्य युरोपेली मुलुकले कोभिड-१९ विरूद्ध भ्याक्सिनको बुस्टर डोज पनि लगाउने तयारी गरिरहेका छन् । भ्याक्सिन विज्ञहरूले सेप्टेम्बरदेखि वृद्धवृद्धालाई तेस्रो डोज लगाउनु पर्ने हुन सक्ने बताएका छन् ।

अमेरिकाले ८ महिनाअघि भ्याक्सिन लगाएकाहरूलाई सेप्टेम्बरको मध्यदेखि बुस्टर डोज लगाउने तयारी गरिरहेको छ ।

बेलायतमै गरिकएको अर्को अध्ययनले डेल्टा भेरियन्टविरूद्ध फाइजर र अष्ट्राजेनेका भ्याक्सिनको प्रभावकारिता तीन महिनामै कम हुँदै जाने देखाएको थियो ।

Previous articleनेपालगञ्ज सहरका सिसि क्यामेरा बेकामे, पक्राउ परेन अनावीयालाई ठक्कर दिने मोटरसाईकल
Next articleनेपालगञ्ज टेक्निकल कलेजका बिद्यार्थीले गरे बैजनाथमा तथ्याँक प्रस्तुतीकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here