नेपालगञ्ज टेक्निकल कलेजका बिद्यार्थीले गरे बैजनाथमा तथ्याँक प्रस्तुतीकरण

बैजनाथ । सामुदायिक स्वास्थ्य निरुपण अन्तर्गत पर्ने तथ्याङ्क प्रस्तुतीकरण कार्यक्रम गरिएको छ ।

सामान्य चिकित्सा तेर्सो बर्षको पाठ्यक्रम अनुसार नेपालगञ्ज टेक्निकल कलेजको सामान्य चिकित्सा तेर्सो बर्षको बी ग्रुपका बिद्यार्थीले सो प्रस्तुतीकरण कार्यक्रम बैजनाथ गाउँपालिका वडा न ५ को छमनिया र भज्यागौडि गाउँमा ंगरेका हुन ।

बैजनाथ गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्रले बैजनाथ गा।पा। वार्ड नं ५ को छमनिया र भज्यागौडि गाउँमा तथ्याङ्क सङ्कलन गर्नका लागि तोके अनुसार प्रस्तुतीकरण गरिएको बिद्यार्थी नर प्रसाद जैसीले जानकारी दिनुभयो ।

नेपालगञ्ज टेक्निकल कलेजको रोसन रावलको सभापतित्वमा भएको कार्यक्रममा बैजनाथ वडा नं ५ का वडा अध्यक्ष मन बहादुर खत्री, नेपालगञ्ज टेक्निकल कलेजको प्रशिक्षक एवम् सामान्य चिकित्सा तेर्सो बर्षको फिल्ड सुपरभाइजर सिर्जना सापकोटा, बैजनाथ गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी दिपेन्द्र शाही र सुन्दर आधारभुत विद्यालयकी प्रधानाध्यापक शान्ति खड्काको उपस्थितिमा रहेको थियो ।कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पन्न गरिएको बिद्यार्थीहरुले जानकारी दिएका छन् । वडा अन्तर्गत पर्ने सुन्दर आधारभुत विद्यालयले कार्यक्रमका लागि बिद्यार्थीहरुलाई उपलब्ध गराएको थियो ।

जीवन बिकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नबिन खत्री तथ्याङ्क प्रस्तुतीकरण, मिना बम, गरिमा भण्डारी, ईमानुयल बिक, शान्ति पाण्डे, शिक्षा ज्ञावली, विशाल गुरुले तथ्याँक प्रस्तुत गर्नुभएको थियो भने प्रस्तुतीकरणलाई जैसीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Previous articleफाइजर र अष्ट्राजेनेका खोपको प्रभावकारिता ६ महिनाभित्रै घट्ने एक अध्ययनको निष्कर्ष
Next articleदाङमा भाइरल ज्वरोका बिरामी बढे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here