
नेपालगञ्ज । बाँकेको डुडुवास्थित राप्ती नदिमा डुबेर एक जना युवा बेपत्ता भएका छन् ।
बुधबार बिहान पौने १२ बजेको समयमा पुजाको सामाग्री सेलाउन बाँकेको डुडुवा गाउँपालिकास्थित सिद्दनिया घाटमा पुगेका नेपालगञ्ज वडा न १२ भृकुटीनगरका २४ वर्षीय सरोज चन्द बेपत्ता भएका हुन ।
सिद्दनिया घाट पुलनजिकै रहेको सिढीमा लागेको लेउका कारण चिप्लिएर चन्द नदिमा खसेका थिए । चिप्लिएसंगै चन्दको उद्धार गर्न खोजिएपनि नसकेको स्थानीय भोला गुप्ताले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय कम्दीका अनुसार स्थानीयले प्रयास गर्दा नसकिएपछि प्रहरीको टोलीसंगै शसस्त्रको गोताखोरको टोली प्रयास शुरु गरिएको छ । प्रहरीका अनुसार चन्द नदि नजिकै नुहाउने क्रममा चिप्लिएका हुन ।





