तीजको नाच हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार

दाङ । तीजको नाच हेर्न गएकी एक किशोरीमाथि जंगलमा सामूहिक बलात्कार भएको छ ।

दाङको बङलाचुली गाउँपालिकाकी करिब १७/१८ वर्षीया ती किशोरी तीजको नाच हेरेर राति एक्लै जंगलको बाटो हुँदै घर फर्किने क्रममा बिहीबार बिहान २ बजेतिर तीन युवाहरूबाट सामूहिक बलात्कारमा परेकी थिइन् ।

बाटो ढुकेर किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका वडा नं ७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द्रप्रसाद रिजालले बताउनुभयो ।

बिहीबार मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको र सोही दिन उनीहरूलाई पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिनुभयो ।

पीडित किशोरी प्रहरीको महिला सेलमा रहेकी छन् । पीडितले घटनाका आरोपितविरूद्ध किटानी जाहेरी दिइ सकेको हुँदा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढिसकेको डिएसपी रिजालले जानकारी दिनुभयो ।

पीडितले आफ्नो जाहेरीमा आफू बुधबार साँझ तीजको नाच हेर्न गएको र रातिमा जंगलको बाटो हुँदै घर फर्किने क्रममा एक्लाबर नजिक जंगलमा तीन जनाले जबजस्ती सामूहिक बलात्कार गरेको उल्लेख गरेकी छन् ।

Previous article५७६ मेगापिक्सेलको क्यामरा बनाउँदै सामसुङ
Next articleनरैनापुर ६ र जानकी ५ बाल विवाह मुक्त वडा घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here