नरैनापुर ६ र जानकी ५ बाल विवाह मुक्त वडा घोषणा

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं ६ लाई पालिकाकै पहिलो बाल विवाह मुक्त वडाका रुपमा घोषणा गरिएको छ ।

शनिबार एक औपचारिक कार्यक्रममार्फत वडालाई बाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तव, नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, वडा नं ६ का वडाअध्यक्ष बिरेन्द्रपाल सिंह र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको उपस्थितिमा बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।

घोषणा समारोहमा सृजनशील किशोरी क्लबले नृत्य प्रस्तुत गरेको थियो ।

यस्तै बाँकेको जानकी गाउँपालिका वडा नं ५ लाई पनि शनिबार बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल, वडा अध्यक्ष रमेश कुमार बर्मा, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना लगायतको उपस्थितिमा वडालाई बाल विवाह मुक्त घोषणा गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा जिल्लामा संचालित बाल विवाह रोकथाम परियोजनाको सहयोग समन्वय सहकार्यमा दुबै स्थानीय तहलाई बाल विवाह मुक्त घोषणा गरिएको छ ।

Previous articleतीजको नाच हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार
Next articleबाँकेमा पाटे बाघको आक्रमणबाट एकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here