जमुनाहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपालगन्ज । जमुनाहा नाकाबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन ।

भारतबाट नेपाल आउने क्रममा इलाका प्रहरी कार्यालयका इन्चार्ज मीन बहादुर बिष्ट र लागू औषध लुम्बिनी प्रदेश ब्युरोका इन्सपेक्टर प्रकाश केसीको संयुक्त टोलीले दाङका दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका १ का प्रकाश विक र समिर विक रहेका छन् । उनीहरुबाट ३ ग्राम २५ मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।

प्रकाशले दायाँ खुट्टाको जुत्ता भित्र राखेर ल्याएको अवस्था उक्त लागु औषध बरामद भएको इन्चार्ज विष्टले बताउनुभयो ।

उनीहरुको साथबाट दुई थान मोवाइल समेत बरामद भएको छ ।

Previous articleसामुदायिक वनबाट चार थान भरुवा बन्दुक बरामद
Next articleराप्तीसोनारीका २५ कृषकलाई ५० वटा बाख्रा वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here