
सल्यान । सल्यानको एक सामुदायिक वनभित्र पर्ने गुफाबाट चार थान भरुवा बन्दुक बरामद गरिएको छ ।
सल्यानको शारदा नगरपालिका–१२ को बागेश्वरी सामुदायिक वनमा पर्ने ट्वाङट्वाङे गुफाभित्रबाट भरुवा बन्दुक बरामद गरिएको हो ।
बेवारिसे अवस्थामा भरुवा बन्दुक गुफाभित्र रहेको भन्ने सूचनाका आधारमा शुक्रबार बिहान इलाका प्रहरी कार्यालय शितलपाटीको टोलीले बरामद गरेको जनाइएको छ ।





