किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम

नेपालगञ्ज । स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरीमैत्री बनाउन दोस्रो चरणमा स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ ।

बर्दियाका बिभिन्न स्थानीय तहमा रहेका पालिकाहरुबाट प्रदान हुँदै आएको सेवालाई किशोर किशोरीमैत्री बनाउँदै थप प्रभावकारी बनाउन कार्यरत स्वास्थ्यकर्मीलाई प्रदान गरिएको तालिम शनिबार सकिएको छ ।

प्लान इन्टरनेशनल नेपाल र गेरुवा ग्रामीण जागरण संघ बर्दियाको सहयोगमा स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशले बर्दियाका चार पालिकाका स्वास्थ्य संस्थाहरुका स्वास्थ्यकर्मीका लागि पाँच दिने किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी पाँच दिने तालिम संचालन गरिएको थियो ।

नेपालगञ्जस्थित भेरी अस्पताल नेपालगञ्जको तालिम केन्द्रमा संचालन गरिएको तालिम को समापनमा बोल्दै भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्ड डा.संकेत रिसालले स्वास्थ्यकर्मीको कर्तब्य नै सेवा पुर्याउने भएकाले आफु कहाँ छु भन्ने कुरा ध्यान दिएर गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।गेरुवाद्धारा बर्दियामा संचालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो । तालिममा बर्दिया जिल्लाको बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

३ वर्षसम्म संचालन हुने परियोजना अवधिभरमा यस किसिमको तालिम ६ वटा व्याचमा संचालन गरेर स्वास्थ्य संस्थालाई किशोर किशोरीमैत्री बनाउन ९६ जना स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि गरिने गेरुवाका परियोजना संयोजक रामरुप कौशलले जानकारी दिनुभयो ।

Previous articleआजदेखि दीर्घ रोगीलाई फाइजर खोप दिइँदै
Next articleबाँकेको नरैनापुरमा पनि बाघको आतंक शुरु, एक जनालाई खायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here