

नेपालगञ्ज । बाँकेको नरैनापुरमा बाघको आतंक शुरु भएको देखिएको छ । बाँघले नरैनापुरकै एक गोठालालाई खाएको छ ।
नरैनापुर ४, पण्डितपुर्वाका लखन गडरियाको बाघले खाएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिनुभयो ।
२५ गते जंगल गएका गडरिया फर्केर नआएपछि खोजतलास गर्दा गएराती जंगलमा शव फेला परेको बताइएको छ । बाघले एउटा गाईसमेत मारेको छ ।





