शालिकको संरक्षण गरौं : प्रजातान्त्रिक युवा संगठन

शिवराज साहू, नेपालगञ्ज । नेपालगञ्जको मुटु ऐतिहासिक त्रिभुवन चोकमा फागुन ७ गते प्रजातन्त्र दिवसका दिन प्रजातन्त्र प्रेमी स्व.राजा त्रिभुवनको शालिक राखिएको थियो ।

लामो समयपछि त्रिभुवन चोकमा स्व.राजा त्रिभुवनको शालिकलाई पुनः स्थापना गरेको थियो । तर अहिले शालिकलाई लिएर अन्य दलहरु हटाउन माग गरिरहेका छन् । उनीहरु प्रशासनले तत्काल उक्त शालिक हटाउनुपर्ने र नहटाए परिणाम नराम्रो हुने समेत चेतावनी दिएका छन् ।

यता यही बिषयलाई लिएर राष्ट्रिय प्रजातन्त्रिक युवा संगठनले परिवर्तनको नाममा कसैको पनि इतिहास मेटाउन नहुने, शालिकमा कुनै किसिमको राजनितिकरण र शालिक प्रति गलत कदम गरिए प्रतिकारमा उत्र्ने चेतावनी दिएको छ ।

सोमबार एक बिज्ञप्ति जारी गर्दै संगठनले गलत कमदबिरुद्ध हुने दुर्घघटनाको जिम्मेवारी प्रशासन स्वंम हुने जनाएको छ । संगठनका अध्यक्ष हुकुम सिंह के.सीद्धारा जारी विज्ञप्तीमा शालिकप्रति कुनै पनि कदम हुन नदिन प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

Previous articleत्रिभुवन चाेकबाट शालिक हटाउन बाँकेका चार दलकाे माग
Next articleठाकुरबाबामा दश वर्षे शिक्षा योजना निर्माण कार्यशाला शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here