
राप्तीसाेनारी । पार्टी संगठनलाई समयको मागअनुसार प्रविधिमैत्री, गतिशील र सुदृढ कांग्रेस निर्माण गर्न यो परामर्श भेला कोसेढुंगा सावित हुने निष्कर्ष निकालिएको छ । भेलाबाट पारित कार्ययोजनाअनुसार छिट्टै सबै वडामा डिजिटल प्रतिनिधि छनोट गरी परिचालन गरिने राप्ती सोनारी गाउँ कार्यसमितिले जनाएको छ ।
नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका कार्यसमितिको आयोजनामा राप्तीसोनारीमा ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’ सम्पन्न भएको छ । पार्टी संगठनलाई आधुनिक प्रविधिमैत्री बनाउने तथा सूचना प्रवाहलाई व्यवस्थित गर्ने मुख्य उद्देश्यका साथ उक्त भेला आयोजना गरिएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा राप्तीसोनारी गाउँपालिका सभापति भीमबहादुर राना क्षेत्रीको सभापतित्वमा भेला सम्पन्न भएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति नारायणप्रसाद गौडेल, उपसभापति गोपाल अधिकारी, महाधिवेशन प्रतिनिधिहरू, क्षेत्रीय तथा प्रदेश सभापतिहरू, विभिन्न वडाका सभापतिहरू तथा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले वर्तमान युग सूचना र प्रविधिको युग भएकाले राजनीतिक संगठनहरू पनि समयसापेक्ष रूपान्तरण हुनुपर्ने बताउनुभयाे । उहाँले पार्टीका नीति, विचार र कार्यक्रमहरूलाई आम नागरिकमाझ छिटो र प्रभावकारी रूपमा पुर्याउन डिजिटल माध्यमको सही सदुपयोग अपरिहार्य रहेको जनाउनुभयाे ।सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनालाई चिर्दै पार्टीका आधिकारिक धारणा र निर्देशनलाई तल्लो तहसम्म व्यवस्थित रूपमा सम्प्रेषण गर्न डिजिटल सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।
त्यसैगरी, कार्यक्रममा बोल्दै बाँके जिल्ला सभापति गौडेलले संगठन सुदृढीकरणका लागि परम्परागत शैलीसँगै आधुनिक सञ्चार प्रविधिलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउनुभयाे । उहाँले पार्टीका हरेक गतिविधिलाई अभिलेखीकरण गर्न र कार्यकर्ताबीचको समन्वयलाई थप बलियो बनाउन प्रविधिमैत्री अभियानले टेवा पुर्याउने जनाउनुभयाे । जिल्ला कार्यसमितिले पनि यस्ता रचनात्मक र प्रविधिमैत्री कार्यक्रमहरूलाई जिल्लाभर विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयाे ।
यस्तै, जिल्ला उपसभापति गोपाल अधिकारीले युवा पुस्तालाई पार्टीको मूलधारमा जोड्न डिजिटल प्लेटफर्महरू अत्यन्त प्रभावकारी माध्यम बन्न सक्ने धारणा राख्नुभयाे । उहाँले वडा तहका कार्यकर्ताहरूलाई प्रविधिमा दक्ष बनाउँदै पार्टीको प्रचारप्रसार शैलीलाई आधुनिक बनाउनुपर्नेमा जोड दिनुभयाे ।
कार्यक्रमका सभापति एवम् राप्तीसोनारी गाउँपालिका सभापति भीमबहादुर राना क्षेत्रीले भेलाले संगठनलाई वडा तहदेखि केन्द्रसम्म एउटै डिजिटल सञ्जालमा जोड्ने ठोस आधार तयार पारेको बताउनुभयाे । उहाँले गाउँपालिकाका प्रत्येक वडामा ‘डिजिटल प्रतिनिधि’ गठन तथा परिचालन गर्ने कार्ययोजना अघि बढाइएको जनाउनुभयाे । पालिका र वडा स्तरमा व्यवस्थित डिजिटल सञ्चार सञ्जाल निर्माण गरी पार्टीका गतिविधिहरूलाई पारदर्शी र गतिशील बनाइने उहाँले स्पष्ट पार्नुुभयाे ।
भेलामा सहभागी महाधिवेशन प्रतिनिधि, क्षेत्रीय तथा प्रदेश सभापति र वडा सभापतिहरूले आआफ्नो क्षेत्रको सांगठनिक अवस्था र प्रविधि प्रयोगका चुनौतीबारे सुझाव राखेका थिए । उनीहरूले तल्लो तहका कार्यकर्तालाई सामाजिक सञ्जालको सकारात्मक र सिर्जनात्मक प्रयोगबारे अभिमुखीकरण तालिम दिनुपर्ने सुझाव दिएका थिए ।

पार्टी संगठनलाई समयको मागअनुसार प्रविधिमैत्री, गतिशील र सुदृढ कांग्रेस निर्माण गर्न यो परामर्श भेला कोसेढुङ्गा सावित हुने निष्कर्ष निकालिएको छ । भेलाबाट पारित कार्ययोजनाअनुसार छिट्टै सबै वडामा डिजिटल प्रतिनिधि छनोट गरी परिचालन गरिने राप्ती सोनारी गाउँ कार्यसमितिले जनाएको छ ।
‘प्रविधिमैत्री कांग्रेस निर्माण आजको अपरिहार्य आवश्यकता हो’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि जन्मजय तिमिल्सिनाले वर्तमान युग सूचना र प्रविधिको युग भएकाले राजनीतिक संगठनहरू पनि समयसापेक्ष रूपान्तरण हुनुपर्ने बताउनुभयाे । राप्ती सोनारी गाउँपालिका कार्यसमितिद्वारा आयोजित ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले प्रविधिको सही सदुपयोगबिना आधुनिक राजनीतिमा प्रभावकारी उपस्थिति जनाउन नसकिने स्पष्ट पार्नुभयाे ।
उहाँले पार्टीका नीति, सिद्धान्त, विचार र गतिविधिहरूलाई आम नागरिकमाझ छिटो, छरितो र प्रभावकारी रूपमा पुर्याउन सामाजिक सञ्जाल तथा डिजिटल माध्यमलाई व्यवस्थित ढंगले परिचालन गर्नुपर्ने जनाउनुभयाे । सामाजिक सञ्जालमा फैलिने भ्रामक र आधारहीन सूचनाहरूलाई चिर्दै पार्टीका आधिकारिक धारणा र निर्देशनलाई वडा तहसम्म सटीक रूपमा सम्प्रेषण गर्न डिजिटल सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।
‘पार्टी संगठनलाई परम्परागत शैलीबाट माथि उठाएर प्रविधिमैत्री, गतिशील र सुदृढ बनाउन आवश्यक छ,’ उहाँले भन्नुभयाे, ‘प्रत्येक वडामा डिजिटल प्रतिनिधि गठन गरी परिचालन गर्ने राप्ती सोनारीको यो पहलले तल्लो तहदेखि केन्द्रसम्मको सञ्चार समन्वयलाई थप बलियो बनाउनेछ ।’ उहाँले युवा पुस्तालाई पार्टीको मूलधारमा आकर्षित गर्न र संगठनको हरेक गतिविधिलाई पारदर्शी एवं अभिलेखीकरण गर्न पनि प्रविधिमैत्री अभियान कोसेढुङ्गा सावित हुने जनाउनुभयाे ।






