
नेपालगञ्ज । नेपाल निजामती कर्मचारी संगठन, बाँकेको आयोजनामा नेपालगन्जमा होलि मिलन शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु भेला भएर एक आपसमा रङ्ग अविर लगाएर सामुहिक रूपमा होलि पर्व मनाएका छ्न् ।
सदभावको पर्व होलिलाई अझ सदभावपुर्ण र मैत्रीपुर्ण बनाउन संगठनले कर्मचारीहरु बिच होलि मिलन शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको नेपाल निजामती कर्मचारी संगठन, बाँकेका अध्यक्ष देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।
कर्मचारी संगठनको आयोजनामा भएको उक्त होलि मिलन शुभकामना आदानप्रदान कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन,बाँकेका अध्यक्ष चिरञ्जीवी पाण्डे, नेपाल निजामती कर्मचारी संगठन, बाँकेका पुर्व अध्यक्ष एवं संगठनका केन्द्रिय प्रतिनिधि अग्नि प्रसाद आचार्य लगायत बाँके जिल्ला स्थित विभिन्न कार्यालयका साथै स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नेपाल निजामती कर्मचारी संगठन, बाँकेका अध्यक्ष चौलागाईंको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रमको सन्चालन संगठनका कोषाध्यक्ष तेजेन्द्र रोकायाले गर्नु भएको थियो ।





