
नन्दलाल साहू, नेपालगन्ज । सलाईन स्थित शिव मन्दिरका पुजारी श्रीकान्त मिश्रका अनुसार मान्यता छ कि होलिकाको पूजा गर्नुले घरमा सुख-समृद्धि टिकी राख्दछ।धन-धान्यको कहिले कमी हुदैन। महिलाहरु होलिका पूजनमा अनेकौं किसिमको खास वस्तु चढ़ाउने गर्छन् ।
(गहूंको बाली)
यो नंया धान्यको प्रतीक छ। यस समय गहूंको फसल काटिन्छ। ईश्वर लाई धन्यवाद दिने उद्देश्य ले होलीमा गहुँको बाली समर्पित गरिने गरिन्छ। त्यसैले अग्निलाई भोग लगाइन्छ र प्रसादको रूपमा अन्न उपयोगमा ल्याइन्छ ।
गोबरको गुइठो(कन्डा)को माला
अग्नि र इंद्र वसंतलाई पूर्णिमाको देवता मानिएको छ। यी अग्निलाई गहना पहिरन प्रतीकको रूपमा चढ़ाइने गरिन्छ। यसलाई 10 दिन पहिला नै बालिका व महिलाहरूले बनाउने गर्छन् ।
नरिवल व नाड़ा
नरिवललाई धर्म ग्रंथहरुमा श्रीफल भनिएको छ। फलको रूपमा यसलाई अर्पण गरिन्छ। यसलाई चढ़ाएर फिर्ता ल्याइने गरिन्छ र प्रसाद रूप में ग्रहण गरिन्छ। यसैगरी नाडालाई वस्त्रको प्रतीक मानिएको छ। होलिकालाई श्रृंगारित गर्नुको भाव यसमा निहित छ ।





