
नेपालगञ्ज । लागुऔषध बोकेर नेपाल आउँदै गरेका एक जनालाई शनिबार नेपाल प्रहरीले नेपालगञ्ज १५ बाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवालाई चेकजाँच गर्ने क्रममा लागु औषधसहित ट्रमाडोल क्याप (८००) सय सहित पक्राउ गरेको हो ।
प्रहरी कार्यालयका प्रमुख मिन बहादुर बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले कम्मरमा पेटी बाँधेर लागु औषध मानिएको ट्रमाडोल क्याप औषधी ८० फाईलसहित दांग तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का २२ वर्षीय बिकास बिकलाई पक्राउ गरेको जनाएको छ ।
बिकले कम्मरमा बाँधेर उक्त औषधी ल्याउँदै थिए । उनीलाई शनिबार बिहान करिब ११ बजेको समयमा पक्राउ गरेको हो । पक्राउ परेका बिकलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरिएको जनाइएको छ ।





