होलीको विवादका कारण झडप हुँदा बेलभारमा १४ जना घाइते

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं २ को बेलभार गाउँमा विवाद हुँदा १४ जना घाइते भएका छन् ।

होलिका दिन भएको विवादलाई लिएर शनिबार साँझ समेत भएको झडपमा परि १४ जना घाइते भएको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेका अनुसार होलीको विषयमा भएको विवादलाई लिएर झडप भएको हो । उक्त झडपमा परेर १४ जना घाईते भएको जसमध्ये २ जनालाई अलि बढि चोट लागेको देखिएको छ ।

अन्य १२ जना सामान्य घाइते भएका छन् । बढि घाइते भएकाहरुको भेरीमा उपचा भइरेहको छ । झडपमा परि जानकी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष चन्द्रिका प्रसा गुप्ता समेत घाइते हुनुभएको छ ।

Previous articleआठ सय ट्रमाडोल क्यापसहित जमुनाहाबाट बिकास बिक पक्राउ
Next articleआजदेखि जानकी गाउँपालिका कार्यालयको सेवा अबरुद्ध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here