घरदैलोमार्फत भ्याक्सिन लगाउन सुझाव दिइदै

नेपालगञ्ज । कोरोना बिरुद्धको भ्याक्सिन कार्यक्रमलाई प्रभावकारी बनाउन नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का बिभिन्न गाउँहरुमा घरदैलो कार्यक्रम गरिएको छ ।

सबै व्यक्तिलाई भ्याक्सिनको पहुँचमा पुर्याउन नेपालगञ्ज वडा नं १४ मा संचालन गरिएको घरदैलो अभियानले भ्याक्सिनको पहुँचमा पुगेको अवस्था पत्ता लगाउने काम गरेको छ ।

यस वडाको वडा भाटनपुर र बाबुगाउँमा घरदैलो गरेर अभियान संचालन गरिएको थियो । अभियानले भ्याक्सिन लगाउन बाँकी रहेको संख्या पत्ता लागेको छ । अभियान अन्तर्गत १७६ घरधुरीमा छलफल गरिएको छ ।घरभेट गरिएकाहरुमध्ये १२५ घरमा हरियो, ४९ घरमा पहिलो र २ वटा घरधुरीमा रातो स्टिकर टाँस गरिएको छ । स्टीकरले घरधुरीका मानिस कोरोना बिरुद्धको अभियानमा जागरुक रहेको नरहेको देखिने गरेको हो । यसअघि यही टोलहरुमा गरिएको घरधुरी घलफलबाट धेरै संख्याको घरधुरी कोरोना बिरुद्धको भ्याक्सिनको पहुँचमा पुगेका थिएनन ।उपमहानगरपालिकाको समन्वय सहकार्यमा सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामाजिक बिकास मंच (एस डि एफ) द्धारा जोखिम संचार र समुदाय संलग्नता परियोजनामार्फत नेपालगञ्जका टोल टोलमा कोरोना बिरुद्धको सचेतना अभियान निरन्तर संचालन भएको छ ।यसका साथै खोप केन्द्र स्वयंसेवकको समेत व्यवस्थापन गरेर खोप केन्द्र व्यस्थित बनाउने काममा समेत मंचले सहयोग पुर्याई रहेको छ । घरदैलो कार्यक्रममा नेपालगञ्ज १४ का वडा सदस्य ऋषिराम बर्मा, स्वास्थ्य चौकी प्रमुख मोहन देवकोटा, एस डि एफ बाँकेका कोषाध्यक्ष तुलसीराम बर्मा, अभियान्ताहरु साहिल अन्सारी, प्रेरणा गिरी, सोनम मिश्रा, कल्पना केसीको उपस्थिति रहेको थियो ।नेपालगञ्जमा निरन्तर कोरोना बिरुद्धको सचेतनामूलक माईकिङ्ग अभियान, घरघरमा पुगेर खोप कार्यक्रममा प्रेरित गर्न घरदैलो, वडाका स्वास्थ्यकर्मीसहित खोप बारेको भ्रम निवारण कार्यक्रम, सडक नाटक लगायतका अभियानहरुमार्फत कोरोना बिरुद्ध सचेतना जगाउँदै सर्वसाधारणलाई खोप लगाउन प्रेरित गर्ने कार्य गरिरहेको मंचका सिनियर फिल्ड अफिसर सहजराम यादवले जानकारी दिनुभयो ।

Previous articleउद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आचार्यको निधन
Next articleआठ सय ट्रमाडोल क्यापसहित जमुनाहाबाट बिकास बिक पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here