
नेपालगञ्ज । बाँकेमा हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यलाई सफल बनाउन नेपाल पत्रकार महासंघ बाँकेले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा शनिवार पत्रकार तथा सरोकारवाला निकायहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरीएको हो ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमा बोल्ने सहभागीहरुले औषधी सेवनको महत्व बारे सबैलाई बुझाउन आवश्यक रहेको बताउनु भएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष भण्डारीले सबै पत्रकारहरुले सकारात्क शन्देश फैलाउने गरी कमल चलाउन सबै पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
शिक्षित व्यक्तिहरुले समेत जानी—जानी औषधी सेवन नगरेको हुँदा बाँकेमा यो अभियान सफल हुन नसकेको नेपालगन्ज उपमहानरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले बताउनुभयो ।
उहाँले विगतको जस्तो स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाउने प्रयास गरेता पनि सफल नभएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले १२ औ पटकमा पनि नेपालमा सबभन्दा कम औषधी सेवन गर्ने मध्य नेपालगन्ज पर्नु दुःखद भएको बताउनुभयो । उहाँले ६१ प्रतिशतले मात्र औषधी सेवन गरेकाले यो मात्रा बढाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाईले रोग अभियान फोकल पर्सन दुर्गा गौतम, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन वली, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश सदस्य मोहम्मद आरीफ अन्सारी, पत्रकार शंकर प्रसाद खनाल लगायतले बोल्नु भएको थियो ।
हात्तीपााईले रोग विरुद्धको औषधी सेवन अभियानलाई कसरी सफल बनाउन सकिन्छ भन्ने बिषयमा बोल्ने सहभागीहरुले सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनु भएको थियो ।





