
नेपालगञ्ज । नयाँ वर्ष २०७९ को अवसर पारेर नेपालगञ्ज वडा नं ६ स्थित हडिया बाबा मन्दिर परिसरमा बृक्षारोपण गरिएको छ ।
नेपालगञ्ज जेसिज र कशौधन बैश्य समाज युवा मंचको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर मन्दिरमा बिहीबार बृक्षारोपण गरिएको हो ।
पूर्व मन्त्री मोहम्मद ईस्तियाक राईको बिशेष उपस्थितिमा बृक्षारोपण गरिएको जनाइएको छ । सो क्रममा बोल्दै पूर्व मन्त्री राईले युवा पुस्ताले समाजमा सकारात्मक शन्देश प्रवाह गर्नु समाजमा उल्लेख्य योगदान पुर्याउनु सरह हुने बताउनुभयो ।
मन्दिर परिसरमा करिब दुई दर्जन बृक्षारोपण गरिएको जेसिजका कार्यकारी उपाध्यक्ष एवं जेसिज सप्ताह २०२२ मुल समारोह समिति संयोजक आदित्य गुप्ताले जानकारी दिनुभयो ।
नेपालगञ्ज जेसिज २०२२ का अध्यक्ष चिरन्जिवी गौतम, बृक्षारोपण कार्यक्रम संयोजक अमृतलाल बैश्य लगायतको उपस्थितिमा जेसिज सप्ताह २०२२ को पहिलो कार्यक्रमका रुपमा यो कार्यक्रम गरिएको हो ।
साथै नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको छ । मन्दिर परिसरमा फलफुलका बिरुवा रोपिएको छ ।





