
कोहलपुर । रामारोशन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाँकेको कोहलपुर नगरपालिकामा सेवा केन्द्र बिस्तार गरेको छ ।
सहकारीले सोमबार कोहलपुर नगरपालिका वडा नं ११ स्थित साझा चोकमा सेवा केन्द्र संचालनमा ल्याएको हो ।
शाखाको जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुबेदी र बचत तथा ऋण जिल्ला सहकारी संघका अध्यक्ष प्रकास ज्ञवालीले संयुक्त रुपमा सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ ।
प्रधान कार्यालय नेपालगञ्ज वडा नं १ मा रहेको सहकारीले सेवा केन्द्र बिस्तार गरेको जनाएको छ ।
सहकारीका अध्यक्ष टंक धामीको सभापतित्वमा भएको उदघाटन समारोहमा जिल्ला सहकारी संघका प्रबन्धक संचालक नवराज उपाध्याय, पुर्व सचिव जानकी देवकोटा, कोहलपुरका बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।





