राष्ट्रिय शिक्षक संगठले गर्यो अग्रजको सम्मान तथा क्यालेण्डर बिमोचन

कोहलपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बाँकेले १३औै राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा बाँकेका पुर्व अध्यक्षहरुलाई सम्मान गरेको छ ।

बाँके जिल्ला समिति अध्यक्ष रेखा धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय उपमहासचिव एकदेब पन्थी र राष्ट्रिय समिति सदस्य बामदेव सुवेदीलाइ बधाई ज्ञापन गर्दै सम्मानित गरेको हो ।

साथै जिल्लामा शिक्षक संगठनको इतिहासमा महत्वपुर्ण योगदान पुर्याउनुभएका अग्रज पुर्व अध्यक्षहरु युवराज शर्मा, शारदा प्रसाद कोइराला, होम प्रकाश सुवेदी, राजेन्द्र प्रसाद सापकोटा, डम्बरराज सुवेदीलाई समेत सम्मानित गरिएको छ ।

सोही अवसर पारेर नयाँ बर्षको शुभकामना आदान प्रदान तथा २०७९ सालको भित्तेपात्रो बिमोचन गरिएको छ । संगठनका बार्षिक गतिबिधि समेटिएको भित्तेपात्रो प्रकाशन शिक्षक संगठन बाँकेको प्रकाशन विभाग संयोजक एवं सचिवालय सदस्य पुर्ण बहादुर शाहीको उत्कृष्ट सक्रियता भएको संगठनका जिल्ला सचिव बाबुराम अधिकारीले बताउनुभयो ।

यस्तै कार्यक्रमबाट आगामी दिनमा शिक्षकको साथ सहयोगमा अन्य सृजनशिल कार्य गर्ने योजना रहको सचिव अधिकारीले बताउनुभयो । कोहलपुरमा भएको कार्यक्रममा प्रमुख अतिथी उपमहासचिव पन्थीले एकताबद्ध शिक्षक आन्दोलनले मात्र शिक्षक हक हितका उपलब्धि प्राप्त हुन सक्ने बताउनुभयो ।

Previous articleकोहलपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर जाने सहमति
Next articleरामारोशन सहकारीले कोहलपुरमा संचालन गर्यो सेवा केन्द्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here