डेढ करोड मुल्य बराबरको चरेस सहित देवकोटा पक्राउ

नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र रुपैडिहामा भारी मात्रा (लागुऔषध) चरसहित एक नेपाली पक्राउ परेका छन् ।

भारतीय सीमा क्षेत्रमा रहेको आदर्श थाना रुपैडिहाका अनुसार दुई किलो नौ सय ग्राम चरेससहित बर्दियाका एक व्यक्ति पक्राउ गरेको हो ।

भारतीय प्रहरीले लागुऔषध तस्कारी रोकथामका लागि चलाएको अभियान दौरान गस्तीमा रहेको टोलीले भारतीय सीमा क्षेत्र पचपकडी गाउँमा शंला लागेर चेकजाँच गर्ने क्रममा बर्दिया गुलरियाका छविलाल देवकोटालाई चरेससहित पक्राउ गरिएको प्रहरीलाई उदृत गर्दै भारतीय पत्रकार सन्तोष शुक्लाले जानकारी दिनुभयो ।

थाना रुपैडिहाका प्रभारी निरीक्षक प्रमोद कुमार त्रिपाठीको कमाण्डमा खटिएको गस्ती टोलीले गुलरिया नगरपालिका वडा नं १४ का देवकोटालाई नेपाल भारत पिलर नम्बर ६५२÷१५ नजिकैबाट आइतबार साँझ पक्राउ गरेको छ ।

भारतीय करिब ९० लाख मुल्य रहेको (लागुऔषध) चरेससहित देवकोटालाई आवश्यक कारवाहीका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाइएको छ ।

Previous articleरामारोशन सहकारीले कोहलपुरमा संचालन गर्यो सेवा केन्द्र
Next articleकांग्रेसबाट मेयरमा बिष्ट र जसपाबाट उपमेयरमा राईको उम्मेदवारी दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here