
नेपालगन्ज । बजार अनुगमनमा सक्रिय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले बुधबार गरेकाे अनुगमनका क्रममा १० हजार मुल्य बराबरको म्याद समाप्त भएको उपभोग्य बस्तु (मदिराजन्य पदार्थ) नष्ट गरेको छ ।
यस्तै दुई वटा खाद्य वस्तुको नमुना संकलन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो ।
अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख पौड्याल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अमृत सुवेदी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक गणेश रोक्का, उपभोक्ता हित संरक्षण मन्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात सिंह ठकुरी, किराना व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारी लगायतको सहभागिता रहेको थियोे ।
यसअघि मंगलबार अनुगमन गरेकाे टाेलीले नेपालगन्जका तीन वटा पसललाइ ५ / ५ हजार रुपैयाँ जरिवाना तिराएकाे थियाे ।





