
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार युवा नेता राजिव बर्मा चुनावी अभियानमा व्यस्त हुनुभएको छ ।
निर्वाचन नजिकिएसंगै सबै क्षेत्रमा उम्मेदवारहरु चुनावी अभियानलाई तिब्रता दिएका छन् । सोही क्रममा जानकीमा समेत युवा उम्मेदवार बर्माले घरदैलो अभियानलाई तिब्रता दिनुभएको छ ।
युवा नेताका रुपमा परिचित बर्मा जनता समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्ष पदमा लड्दै हुनुहुन्छ । बर्माको पक्षमा युवाहरुको सक्रियता देख्न सकिन्छ । बर्माले आफुले गाउँपालिका जिते युवाहरुको बिकास र उनीहरुको क्षेत्रमा रहेका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै मतदातामाझ पुगिरहनुभएको छ ।
त्यस्तै बृद्धबृद्धाहरुको हितमा रहेर गाउँपालिकाको बिकास, शैक्षिक क्षेत्रको बिकास, रोजगारीको समस्या समाधानका लागि पहल, कृषि क्षेत्रमा गाउँपालिकालाई पकेट क्षेत्रको रुपमा बिकास गर्ने जस्ता प्रतिबद्धता मतदातासंग जनाउँदै घरदैलोमा बर्मा पुगिरहनुभएको छ ।
गाउँपालिकाको अध्यक्षमा युवाको नेतृत्व भएमा सबै क्षेत्रमा सहज बिकास हुने पनि स्थानीय युवा मतदाता बताउँछन् । उनीहरु अबको नेतृत्व युवाको हुनुपर्ने भन्दै अध्यक्षका उम्मेदवार बर्मालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जानकीमा जसपा र माओवादी केन्द्रबीच गठबन्धन गरिएको छ ।





