
नेपालगञ्ज । स्थानीय तहको निर्वाचन-२०७९ को प्रसार–प्रसार जारी रहदा बाँके जिल्लाका राजनीतिक दलहरूले बिभिन्न पालिकाहरूमा जीतको आ-आफनै दाबी प्रस्तुत गरिरहेका छन् ।
बाँके जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली काँग्रेस/जसपाले गठबन्धन गरेको छ । गठबन्धनबाट नेपालगञ्जको मेयरमा नेपाली काँग्रेसका प्रशान्त बिष्ट हुनुहुन्छ भने जनता समाजवादी पार्टीबाट उपमेयरमा कमरूद्दिन राई हुनुहुन्छ । उहाँहरूसँगै नेपालगञ्जको मेयरमा १३ जना र उपमेयरमा ९ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
निर्वाचन नजिकिँदै जाँदा बाँकेका आठ वटै स्थानीय तहका उम्मेदवारहरुले प्रचार प्रसार कार्यलाई तीब्र बनाएका छन् । अघिल्लो निर्वाचनमा बिजयी भएको र यसपाली पनि ती उम्मेदवार पुन ः बिजयी हुने बाँकेका केही स्थानीय पनि तह छन् ।
आठ वटै स्थानीय तहमध्ये एक हो नरैनापुर गाउँपालिका । यस पालिकामा पुरानै नेतृत्व किन बिजय हासिल गर्न सक्छ भन्ने आधारहरु पनि छन् । यहाँको जनमत तथा सर्वेक्षण अनुसार नरैनापुरमा जनता समाजवादी पार्टी नेपालले पुनः चुनाव जित्ने सम्भावना छ । जसपाबाट पालिका अध्यक्षमा इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव लगायतका टिम उम्मेदवार बनेको छ ।
नरैनापुरमा भएको बिकास र सबै पार्टीसंगको समन्वय र सहकार्य गर्न सक्षम मानिने शाहको लोकप्रियता नरैनापुरमा अहिले पनि कायमै छ । उहाँले नरैनापुरमा शिक्षा, स्वास्थ्यलाई बिशेष जोड दिएको पाईन्छ ।
शिक्षामा उहाँले स्कुल बस, जय किसान माध्यमिक बिद्यालयमा प्लस टु संचालन लगायत सुधार गर्न ५ देखि १२ कक्षाका किशोरीहरुलई साईकल बितरण गरी पठन पाठन सहज बनाउने काम गर्नुभएको छ । यस्तै वातावरण संरक्षणका साथै महिला अधिकार प्राप्तीका लागि जागरुक बनाउँदै घर घरमा ग्यास चुलो र सिलिण्डर बितरण समेत गरेको छ ।
शाह सभ्य र शालिन स्वभाव भएका कारण सबैका प्यारो हुनुहुन्छ । यही कारणले उहाँको बिकल्प अरु हुन नसक्ने स्थानीयबासीहरु बताउँछन् । उहाँ मुस्लिम समुदायको भएपनि हरेक जात धर्मको समान सम्मान गर्नुका साथै हरेक चाडपर्व, मेला, महोत्सव र भण्डाराहरुमा सहभागि बन्नुहुन्छ ।
नरैनापुरमा नेपाली कांग्रेसबाट रामचन्द्र मौर्य र नेकपा एमालेका पदमावती यादव समेत अध्यक्ष पदको मैदानमा हुनुहुन्छ । कांग्रेस नेता मौर्य बिगतको स्थानीय तहको निर्वाचनमा समेत उम्मेदवार हुनुहुन्थ्यो । त्यस्तै एमाले नेता पदमावती पूर्वमन्त्री स्वर्गीय दिनेशचन्द्र यादवको धर्मपत्नी हुनुहुन्छ ।
यस्तै पुरानै अनुहार बिजयी हुनेमा अर्को हो डुडुवा गाउँपालिका । बाँकेको डुडुवा गाउँपालिकामा कांग्रेस नेता नरेन्द्र चोधरी (पप्पु)ले पुन ः कार्यकाल दोहर्याउने अडकल गर्न थालिएको छ । नेता चौधरीले बिगतमा केही राम्रो काम गरेको र थप काम गर्ने अवसर दिएमा डुडुवामा चमत्कारिक बिकास ल्याउने आश्वासन डुडुवाबासीलाई दिँदै भोट मागिरहनुभएको छ ।
उहाँ बाँके कांग्रेसमा शसक्त नेताको रुपमा समेत परिचित हुनुहुन्छ । उहाँ जित्ने आधार कांग्रेस कार्यकर्ता पार्टीप्रति प्रतिबद्ध छन् । केही नेताले पार्टी छाडेर गएपनि यो सबै पार्टीभित्र भइरहने नियमित प्रक्रिया भएको नेता बताउँछन् ।
चौधरी पार्टीप्रति कार्यकर्ताको उच्च मनोबल र बिश्वासले नै आफु जित्ने आधार भएको बताउनुहुन्छ । उहाँले डुडुवा गाउँपालिकामा गरेको कामको मुल्याँकन भन्दा डुडुवाको राजनीति अलि पृथक छ । डुडुवा वडा नं ५ मा पहाडी समुदायको बाक्लो उपस्थिति छ । जसमा कांग्रेसले पहिलेभन्दा थप सुधार गरेको छ ।
सो वडामा बिगतमा कांग्रेस नेकपा एमालेसंग ९ मतको अन्तरले पराजित भएको थियो । कांग्रेसकै राम्रो पकड भएको वडामा जसपाको मत संखया भने न्यून छ । यस वडामा कांग्रेस नेकपा एमाले नै बलिया पार्टीका रुपमा छन् ।
जसका कारण अरु वडाभन्दा यस वडामा कांग्रेसको चुनाव जित्ने किल्ला भनिन्छ । यस्तै डुडुवा वडा नं २ बेतहनी अध्यक्ष चौधरीकै वडा हो । डुडुवामा अहिले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच नै कडा टक्कर रहेको सर्वेक्षणले देखाउँछ ।
बिगतमा कांग्रेस चार सयबढि मतले चुनाव जितेको थियो र हाल आएर जसपाले अरु वडामा कांग्रेससंग सन्तुलन मत ल्याए डुडुवा ५ को मतले कांग्रेस पुन ः जित्ने स्थानीय बासीन्दाहरु बताउँछन् । फरक शैली र प्रस्तुतीमा रहने चौधरी डुडुवामा दवंङ्ग नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँ आफ्ना बिरोधीसंग कहिल्यै झुक्न नचाहने नेता हुनुहुन्छ ।
साउथ फिल्ममा देखिने राजनीतिक दृश्य प्रायजसो उहाँसंग मेल खान्छ । उहाँको प्रतिद्धन्द्धीका रुपमा जसपाबाट अध्यक्ष पदमा भण्डारीलाल यादव हुनुहुन्छ । उहाँ पुर्व शिक्षकसंगै डुडुवा वडा नं ३ को वडाअध्यक्ष समेत हुनुहुन्छ । उहाँ पार्टी र कार्यकर्ताप्रति आफु चुनाव जित्ने महोल भएको बताउँदै चुनाव जिते डुडुवामा केही नयाँ गर्ने बताउँदै आउनुभएको छ ।
उहाँले डुडुवामा जसपाप्रति आम नागरिकहरुको लगाव बढिरहेको बताउनुहुन्छ । यादवलाई पूर्वमन्त्री जसपा नेता इस्तियाक अहमद राईको भरपुर सहयोग रहेको पाईन्छ । तर पूर्वमन्त्रीको सहयोगले मात्र चुनाव जित्न नसकिने स्थानीयबासीको भनाई छ ।
चुनावका लागि निर्णायक मत डुडुवा ५ मा रहेको छ । जहाँ जसपाको खासै अवस्था ठिक नरहेको डुडुवाका निर्वाचित वडाअध्यक्ष बताउँछन् । यस्तै पालिकाकै नेतृत्वका लागि नेकपा एमालेबाट जसपाका पूर्वमन्त्री बिजय बहादुर यादवकी धर्मपत्नी सरोज कुमारी यादव मेदानमा हुनुहुन्छ ।
पुर्वमन्त्री राई यसअघि संसदीय चुनावमा बिजयको सहयोगले नै संसद बनेको जसपाका नेताहरु बताउँछन् । तर हाल बिजय यादव पत्नी नेकपा एमाले प्रवेश गरेपछि डुडुवाको राजनीति कता जाने अडकल गर्न गाह्रो भइरहेको बेला जसपाका दुई यादवहरुको द्धन्द्ध र आपसी टकरावले पनि चौधरी जित्ने सम्भावना बढेको पाईन्छ ।
यसरी डुडुवाको राजनीति सर्वेक्षण र बिश्लेषण गर्दा पूर्वमन्त्री राईसंगको टकरावले पुर्वमन्त्री यादवसंगको चुनावी दुरी अझ कडा भएको छ । दुई यादवको द्धन्द्धले पुन ः चौधरीले बाजी मार्ने निश्चित आधारहरु भेटिन्छ ।






सटीक बिश्लेषण