
डुडुवा । नेपाली कांग्रेसका तर्फबाट डुडुवा गाउँपालिकाका उम्मेदवारहरुलाई मतदाताहरुले गाउँगाउँमा स्वागत गरिरहेका छन् ।
मतदाताहरुलाई भेट्न घरदैलोमा पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले स्वागत गर्दै फेरि पाँच बर्ष डुडुवाको सेवा गर्ने मौका नेपाली कांग्रेसलाई नै दिन पाउने अवस्था बनेको भन्दे खुसी व्यक्त गरिरहेका छन् ।
यसअघिकै अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष साहिदा बानो फेरि उम्मेदवार बनेपछि डुडुवाबासी उत्साहित छन् ।
“पाँच बर्ष तपाईंहरुले गर्नुभएको काम र सेवाबाट हामी प्रभावित छौं, फेरि पाँच बर्षका लागि तपाईंहरुलाई जिताउने अवसर पाउँदा हामी खुसी छौं,” स्थानीयले भनिरहेका छन् ।
अध्यक्षका उम्मेदवार चौधरीले आफू फेरि पाँच बर्ष जनताकै सेवा गर्न चुनावी मैदानमा होमिएको भन्दै फेरि डुडुवाबासीले कांग्रेसलाई नै रोज्ने विश्वास व्यक्त गर्नुभयो । चौधरी नेतृत्वको टोलीले आज वडा नम्बर १ मा घरदैलो गरेको छ ।
घरदैलोमा अध्यक्ष पदका उम्मेदवार चौधरी र उपाध्यक्ष पदका उमेदवार बानोसहित डुडुवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पदका उम्मेदवार पटेश्वर कुर्मी, वडा सदस्यहरू, ज्ञानेन्द्र कुमार चौधरी, रामसागर लोनिया, शुष्मा यादव, कनिक तारा पासी लगायत सहभागी हुनुहुन्थ्यो ।
खडैंचा, पिप्रहवा र उचवा सन्तलिया लगायतका गाउँहरुमा घरदैलो गरिएको हो ।





