
नेपालगन्ज । गत स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा जित हासिल गरेको राप्रपाका उम्मेदवार इतिहास दोहोर्याउने मुडमा मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।
नेपालगन्जका टोलटोलमा राप्रपाका उम्मेदवार आफ्नो घोषणा पत्र र नेपालगन्ज नगर बिकासको एजेण्डा बोकेर जनता समक्ष पुगेका हुन् ।
राप्रपाले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाले नन्दलाल वैश्य र उपमेयरमा बिन्दु चर्ती मगरलाई चुनावी मैदानमा पठाएको छ ।
घरदैलो कार्यक्रममा राप्रपाका महामन्त्री समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले नेपालगन्जको लागी उपयुक्त र उम्मेदवार वैश्य भएको बताउनुभएको छ ।
मेरो पार्टीको उम्मेदवार भएर भन्दा पनि समाजमा गरेको योगदान, क्षमता, भिजनको कारण नेपालगन्जको मेयरमा नन्दलाल बैश्यको बिकल्प नरहेको राणाले बताउनुभएको थियो ।
राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार बैश्यले आफ्नो कम बोल्ने र धेरै गर्ने बानी रहेको र नेपालगन्जका मेयर डा.राणाले शुरु गरेका र केही बाँकी रहेका कामलाई आफुले पूरा गर्ने र जनतालाई निरास नबनाउने बताउनुभएको छ ।





